नमस्ते म नम्रता गुरागाईं आचार्य साहित्यमा थोरै लेख्ने र धेरै पढन मन पराउने मान्छे, अलि अलि आफना कोशेलीहरु आफ्नै सेरोफेरो मार्फत तपाइहरुसंग बाडन आएकी छु ।

Monday, April 4, 2016

बाटो

आफैं लचक्क हुनेगरि हिडनपनि दिएकै छ
आफैलाइ भत्काउनेगरी गुडनपनि दिएकै छ
न कसैलाइ अभर पारेको छ
न कसैको विजोग पारेको छ
रातपनि भन्नुछैन दिनपनि
हिउंदपनि भन्नुछैन वर्षापनि
लाग्छ
हाम्रैलागि बांचिरहेछ बाटो
हाम्रैलागि मरिरहेछ बाटो।


कहिले पानीमूनी लुक्दै कहिले पानीमाथि देखिदै
सबैलाइ खोला तारिरहन्छ उ
समुद्रबाट निकालेर बस्तिसम्म उही पुरयाउछ
पहाड छिचोलेर मैदानसम्म उही पुरयाउछ
सजिलो बाटोमा अघि बढने हामी भाग्यमानीहरु
बाटो बनाइदिने
ति अभागी र असजिला हातहरुलाइ
खै कति सम्झन्छौं होला र
तर ओ... हो... वाटो नभए
कसरी छाम्नुहोला उत्तरको चिसो
कसरी छाम्नुहोला दक्षिणको तातो।

अनलाइन मायां

जति जति टाडा हुन्छु भन्यो
त्यति त्यति संझना गाढा हुन्छ
भाइबर, मेसिन्जर र फोन बन्द गर्दापनि
मनको घण्टी बजिरहन्छ
अर्थोक केही छैन जस्तो
आंखामा सधैं तिम्रै तस्बीर सजिरहन्छ ।


घरको हालखबर बुझने सनिबार
त्योपनि तिम्रैलागि भएजस्तो लाग्छ
मन खोलेरै कुरा गरें भन्छु भित्र कतै केही रहेजस्तो लाग्छ
अचेल मेरा सातै बार ब्यस्त छन्
थप्न मिल्ने भए
अर्को बार तिम्रै नाममा थपिदिन्थें
एकपल्टलाइ जेसुकै होस
बरु समाजको गाली खपिदिन्थे ।


उज्यालो खस्न पाएको छैन
आंखाहरु दौडदै उसकै स्टाटस हेर्न पुग्छन
फेसबुकमा नभेटे भाइबरमा त पक्कै
धन्न इन्स्टाग्राम र टुइटर हेर्नु परेको छैन
यो कस्तो गांजा हो नखाएपनि लागिरहने
मनका भित्ताभरी उसकै चित्रहरु टांगिरहने ।


तिर्नुपर्ने बीलहरु धेरै छन
फाइन लाउला भन्ने डर छ
भोलिको मिटिंगको तयारी गर्नुपर्ने
पर्सी प्रोजेक्ट बुझाउने अन्तिम दिन छ
मेरा दैनिकीहरुमा थपिएको तिमी
थाहाछैन
किन यतिधेरै महत्वमा आयौ
मुटुको ढुकढुकीमै बस्ने
खै कस्तो मायां लायौ
मैले तिमीलाइ संझिदा
मेरा सारा कामहरु विर्सिएंछु
सांच्चै
मैले आफैलाइ विर्सिएंछु ।


अब त सपनामापनि तिम्रो छांयांले पछयाउंछ
विपनामापनि तिम्रै मांयाले पछयाउंछ
भनन, अनलाइन मायांले
तिमीलाइ कस्तो हुन्छ ?



Friday, January 14, 2011

युदद र हामी

तिमीसंग मेरो कुनै इबि छैन
लामो रिसिबीपनि छैन
युदद मैदानमा भएपछि जागिरको भाषामा
एकैपटक नदेखेपनि
हामी एक अर्काका शत्रु हौं
तिमीले पाए मलाइ सोझयाउंनु पर्छ
मैले पाए तिमीलाइ सोझयाउंनु पर्छ ।

हामी न जन्मजात शत्रु थियौं
न जन्मान्तरका मित्रु नै
आफनै पाइतालाले टेक्न जागिरमा झुण्डिएपछि
मन फरक भएपिन
जागिरकै भाषा बोल्नुपर्ने रहेछ
जागिरकै पाउ मोल्नुपर्ने रहेछ
उपाय नभेटेर उम्किने
जागिरमै अडकीनु पर्ने रहेछं
छोपेर आफना रहरहरु
जागिरमै पडकिनु पर्ने रहेछ ।

तिमी साच्चै राम्री छौ
तिम्रो सुन्दरताको वयान गर्दै
परैबाट चाहनाको फुल फालुकि जस्तो लाग्छ
परैबाट मनको ढोकामा
नयां तुल हालौंकी जस्तो लाग्छ
तर नजिक नहोऔं हामी
आफना रहरलाइ युददसंग साटेपिछ
मैले तिमीलाइ सोझयाउंनु पर्छ
तिमीले मलाइ सोझयाउंनु पर्छ ।

भागा र गुणा नमिलेपिन
जोड र घटाउ मिलेकै छ
भित्र कुरो लुलो भएपिन
बाहिर आदेश ठुलो छ
बांच र बचाउसंग संबन्ध चिसो भएपिछ
मनले नरम र लचकदा कहां पाउदोरहेछ र
कलिलैमा भर्ती भएपछि
हुर्किदा उम्रेको बैंशले कहां माया पाउदोरहेछ र
आंखामा कमब्याटको चस्मा लाएपिछ
बोलीको होइन
पावरफुल गोलीको कुरा ठुलोरहेछ
किनकि हामी युद मैदानमा छौं
आफु मरेर राष्ट्र जोगाउदैछौं ।

मुख

आंखाले धेरै पर देख्न सक्छ
कानले धेरै कुरा सुन्न सक्छ
मन त संसारै बोक्ने जात
तर विचरा मुख
न सुनेका कुरा सबै बताउन सक्छ
न देखेका कुरा शब्दमा सबै अटाउन सक्छ ।

सधै फिल्टर भएर बोलिनु पर्ने
सधै फिल्टर भएर पोखिनु पर्ने
बोलेकै शब्दहरु बिझाउने डरले
नाकी लाएर डोरी तानेको गोरुजस्तो
महला बांधेर बालीमा छोडिएको गाइजस्तो
औपचारिकताको दाम्लो कहिल्यै चुडाउन नसक्ने
पखेटा हालेर उडने मनको कुरा कहिल्यै उडाउन नसक्ने
शब्दहरुको जालमा पसेर
सधैं रुपान्तरीत भएर निस्कनु पर्ने
नियती बोकेर
भन्नुस त हजुर कहिले सम्म बांच्छ होला मुख ?

Friday, September 17, 2010

आफनै आंखा....

आफनै आंखा आफुबाट अन्त सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरेपछि ।

मायापनि छांया बनी नछाएको होइन
तस्बीर आफैं बोल्दै बोल्दै नआएको होइन
कहां हेर्नु संसार अब आंखा सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरे पछि ।

मलाइपनि नाच्ने रहर नभएको होइन
धेरैपटक कम्मर भांच्दै नगएको होइन
आज कहां खुटटा चाल्नु दर्शक सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरेपछि ।

Friday, August 13, 2010

नक्शाहरुमा

पसलमा
थरी थरीका खानेकुरा छन
मान्छे आउछन किन्छन जान्छन
आफना आबश्यक्ता पुरा गर्छन
म खानेकुरा हेरेरै अघाउने गर्छु
पसलमा
मौसम अनुसारका लुगा छन
मान्छेहरु आफूलाइ सुहाउदो छानेर ऐनामा रमाउछन
आफू सुन्दर देखिएकोमा गर्व गर्छन
म उनिहरुले लगाएको लुगामा
आनन्द महशुस गर्छु
झुक्किएर ऐनामा देखिएभने
म आफनो भोको, अनिदो र रोगी अनुहार हातले छोपेर भाग्ने गर्छु
मलाइ मेरै छायाले लखेटेझै लाग्छ
तै पनि म पसल जाने गर्छु
खानेकुरा हेरर अघाउनका लािग
राम्रा र ताता लुगा छामेर आनन्दीत हुनको लािग
किनकी म गरिब हु ।

म बस्ने छाप्रो नजिकै ठूलो अस्पताल छ
मान्छेहरु भन्छन
धेरै ठूला ठूला रोगहरु निको पार्छ रे त्यसले
उपचार गर्न आउनेलाइ
म त्यो घरसम्म पुग्ने बाटो देखाउछु
तर म बसौ्रदेखि कुपोषणले डल्लिएकी छु
म त्यो घरलाइ मात्र हेरेर
हरसमय मेरो बाच्ने आशालाइ औषधी बनाएर
एक घुटको पानीसंग निल्दै रोकथाम गर्ने गर्छु
किनकी म गरिब हु ।

मेरो छाप्रो पछाडी धेरै राम्रो स्कुल छ
मान्छेहरु भन्छन
धेरै ठूला दार्शनिकहरु उत्पादन गर्छ रे त्यो स्कूलले
मेरा नानीहरु छाप्रैबाट गरिबीका पानाहरु पल्टाउने गर्छन
भोक पढछन, चित्कार सुन्छन र अभाब लेख्छन
गरिबीका लाजहरु पोख्दै हिडन अभ्यस्त म
धेरैपल्ट मरिसकेकी छु बाच्नका लागि
र उभिएकी छु आजपनि विच सडकमा
हात पसारेर एकछाकको लािग
मेरा आखामा कसैका आखा ठोकिएभने
आज मेरा नानीहरु अघाउछन होला
किनकी म गरिब हु ।

मान्छेहरु भन्छन
फाटेको छाप्रोले
पसलको इज्जत घटायो रे
स्कूलको इज्जत घटायो रे
छाप्राको रोगले अस्पतालमाथि धावा बोल्यो रे
यसलाइ हटाउन कोशिस अझै जारी छ
मैले धेरै आशु बगाएर जोगाएको छु मेरो महललाइ
तपाइले कृपया केही भनिदिनुहुन्छ कि ?

Wednesday, November 25, 2009

गरिवी

पसलमा
थरी थरीका खानेकुरा छन
मान्छे आउछन किन्छन जान्छन
आफना आबश्यक्ता पुरा गर्छन
म खानेकुरा हेरेरै अघाउने गर्छु
पसलमा
मौसम अनुसारका लुगा छन
मान्छेहरु आफूलाइ सुहाउदो छानेर ऐनामा रमाउछन
आफू सुन्दर देखिएकोमा गर्व गर्छन
म उनिहरुले लगाएको लुगामा
आनन्द महशुस गर्छु
झुक्किएर ऐनामा देखिएभने
म आफनो भोको, अनिदो र रोगी अनुहार हातले छोपेर भाग्ने गर्छु
मलाइ मेरै छायाले लखेटेझै लाग्छ
तै पनि म पसल जाने गर्छु
खानेकुरा हेरर अघाउनका लािग
राम्रा र ताता लुगा छामेर आनन्दीत हुनको लािग
किनकी म गरिब हु ।

म बस्ने छाप्रो नजिकै ठूलो अस्पताल छ

मान्छेहरु भन्छन
धेरै ठूला ठूला रोगहरु निको पार्छ रे त्यसले
उपचार गर्न आउनेलाइ
म त्यो घरसम्म पुग्ने बाटो देखाउछु
तर म बसौ्रदेखि कुपोषणले डल्लिएकी छु
म त्यो घरलाइ मात्र हेरेर
हरसमय मेरो बाच्ने आशालाइ औषधी बनाएर
एक घुटको पानीसंग निल्दै रोकथाम गर्ने गर्छु
किनकी म गरिब हु ।

मेरो छाप्रो पछाडी धेरै राम्रो स्कुल छ

मान्छेहरु भन्छन
धेरै ठूला दार्शनिकहरु उत्पादन गर्छ रे त्यो स्कूलले
मेरा नानीहरु छाप्रैबाट गरिबीका पानाहरु पल्टाउने गर्छन
भोक पढछन, चित्कार सुन्छन र अभाब लेख्छन
गरिबीका लाजहरु पोख्दै हिडन अभ्यस्त म
धेरैपल्ट मरिसकेकी छु बाच्नका लागि
र उभिएकी छु आजपनि विच सडकमा
हात पसारेर एकछाकको लािग
मेरा आखामा कसैका आखा ठोकिएभने
आज मेरा नानीहरु अघाउछन होला
किनकी म गरिब हु ।

मान्छेहरु भन्छन

फाटेको छाप्रोले
पसलको इज्जत घटायो रे
स्कूलको इज्जत घटायो रे
छाप्राको रोगले अस्पतालमाथि धावा बोल्यो रे
यसलाइ हटाउन कोशिस अझै जारी छ
मैले धेरै आशु बगाएर जोगाएको छु मेरो महललाइ
तपाइले कृपया केही भनिदिनुहुन्छ कि ?