जति जति टाडा हुन्छु भन्यो
त्यति त्यति संझना गाढा हुन्छ
भाइबर, मेसिन्जर र फोन बन्द गर्दापनि
मनको घण्टी बजिरहन्छ
अर्थोक केही छैन जस्तो
आंखामा सधैं तिम्रै तस्बीर सजिरहन्छ ।
घरको हालखबर बुझने सनिबार
त्योपनि तिम्रैलागि भएजस्तो लाग्छ
मन खोलेरै कुरा गरें भन्छु भित्र कतै केही रहेजस्तो लाग्छ
अचेल मेरा सातै बार ब्यस्त छन्
थप्न मिल्ने भए
अर्को बार तिम्रै नाममा थपिदिन्थें
एकपल्टलाइ जेसुकै होस
बरु समाजको गाली खपिदिन्थे ।
उज्यालो खस्न पाएको छैन
आंखाहरु दौडदै उसकै स्टाटस हेर्न पुग्छन
फेसबुकमा नभेटे भाइबरमा त पक्कै
धन्न इन्स्टाग्राम र टुइटर हेर्नु परेको छैन
यो कस्तो गांजा हो नखाएपनि लागिरहने
मनका भित्ताभरी उसकै चित्रहरु टांगिरहने ।
तिर्नुपर्ने बीलहरु धेरै छन
फाइन लाउला भन्ने डर छ
भोलिको मिटिंगको तयारी गर्नुपर्ने
पर्सी प्रोजेक्ट बुझाउने अन्तिम दिन छ
मेरा दैनिकीहरुमा थपिएको तिमी
थाहाछैन
किन यतिधेरै महत्वमा आयौ
मुटुको ढुकढुकीमै बस्ने
खै कस्तो मायां लायौ
मैले तिमीलाइ संझिदा
मेरा सारा कामहरु विर्सिएंछु
सांच्चै
मैले आफैलाइ विर्सिएंछु ।
अब त सपनामापनि तिम्रो छांयांले पछयाउंछ
विपनामापनि तिम्रै मांयाले पछयाउंछ
भनन, अनलाइन मायांले
तिमीलाइ कस्तो हुन्छ ?