परिश्रमका फल
घामजस्तै सहज बनौं पानीजस्तै सरल
ठोस हुन सबैथोक बन्नैपर्छ तरल ।
आकाश छुने सोच राखौं पाताल छुने आँट
पार गरे उकालोलाइ आउँनैपर्छ फाँट
जीवन आफै गीत हुन्छ धुन भरेपछि
अध्यारोले वसाइ सर्छ जुन झरेपछि ।
हारमात्र सधैं हुन्न न त सधैं जीत
दुबै मिलाइ बनाउ हामी एउटा मिठो गीत
माटो आफै उर्वर हुन्छ गरे मलजल
दायाँवायाँ फल्छन हाम्रै परिश्रमका फल ।

2 Comments:
This comment has been removed by the author.
September 1, 2009 at 4:23 PM
अब राम्रो बनाउनुपर्छ ले-आउटलाई अनि मस्त हुन्छ ब्लग !!
September 9, 2009 at 10:27 AM
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home