गरिवी
पसलमा
थरी थरीका खानेकुरा छन
मान्छे आउछन किन्छन जान्छन
आफना आबश्यक्ता पुरा गर्छन
म खानेकुरा हेरेरै अघाउने गर्छु
पसलमा
मौसम अनुसारका लुगा छन
मान्छेहरु आफूलाइ सुहाउदो छानेर ऐनामा रमाउछन
आफू सुन्दर देखिएकोमा गर्व गर्छन
म उनिहरुले लगाएको लुगामा
आनन्द महशुस गर्छु
झुक्किएर ऐनामा देखिएभने
म आफनो भोको, अनिदो र रोगी अनुहार हातले छोपेर भाग्ने गर्छु
मलाइ मेरै छायाले लखेटेझै लाग्छ
तै पनि म पसल जाने गर्छु
खानेकुरा हेरर अघाउनका लािग
राम्रा र ताता लुगा छामेर आनन्दीत हुनको लािग
किनकी म गरिब हु ।
म बस्ने छाप्रो नजिकै ठूलो अस्पताल छ
मान्छेहरु भन्छन
धेरै ठूला ठूला रोगहरु निको पार्छ रे त्यसले
उपचार गर्न आउनेलाइ
म त्यो घरसम्म पुग्ने बाटो देखाउछु
तर म बसौ्रदेखि कुपोषणले डल्लिएकी छु
म त्यो घरलाइ मात्र हेरेर
हरसमय मेरो बाच्ने आशालाइ औषधी बनाएर
एक घुटको पानीसंग निल्दै रोकथाम गर्ने गर्छु
किनकी म गरिब हु ।
मेरो छाप्रो पछाडी धेरै राम्रो स्कुल छ
मान्छेहरु भन्छन
धेरै ठूला दार्शनिकहरु उत्पादन गर्छ रे त्यो स्कूलले
मेरा नानीहरु छाप्रैबाट गरिबीका पानाहरु पल्टाउने गर्छन
भोक पढछन, चित्कार सुन्छन र अभाब लेख्छन
गरिबीका लाजहरु पोख्दै हिडन अभ्यस्त म
धेरैपल्ट मरिसकेकी छु बाच्नका लागि
र उभिएकी छु आजपनि विच सडकमा
हात पसारेर एकछाकको लािग
मेरा आखामा कसैका आखा ठोकिएभने
आज मेरा नानीहरु अघाउछन होला
किनकी म गरिब हु ।
मान्छेहरु भन्छन
फाटेको छाप्रोले
पसलको इज्जत घटायो रे
स्कूलको इज्जत घटायो रे
छाप्राको रोगले अस्पतालमाथि धावा बोल्यो रे
यसलाइ हटाउन कोशिस अझै जारी छ
मैले धेरै आशु बगाएर जोगाएको छु मेरो महललाइ
तपाइले कृपया केही भनिदिनुहुन्छ कि ?
थरी थरीका खानेकुरा छन
मान्छे आउछन किन्छन जान्छन
आफना आबश्यक्ता पुरा गर्छन
म खानेकुरा हेरेरै अघाउने गर्छु
पसलमा
मौसम अनुसारका लुगा छन
मान्छेहरु आफूलाइ सुहाउदो छानेर ऐनामा रमाउछन
आफू सुन्दर देखिएकोमा गर्व गर्छन
म उनिहरुले लगाएको लुगामा
आनन्द महशुस गर्छु
झुक्किएर ऐनामा देखिएभने
म आफनो भोको, अनिदो र रोगी अनुहार हातले छोपेर भाग्ने गर्छु
मलाइ मेरै छायाले लखेटेझै लाग्छ
तै पनि म पसल जाने गर्छु
खानेकुरा हेरर अघाउनका लािग
राम्रा र ताता लुगा छामेर आनन्दीत हुनको लािग
किनकी म गरिब हु ।
म बस्ने छाप्रो नजिकै ठूलो अस्पताल छ
मान्छेहरु भन्छन
धेरै ठूला ठूला रोगहरु निको पार्छ रे त्यसले
उपचार गर्न आउनेलाइ
म त्यो घरसम्म पुग्ने बाटो देखाउछु
तर म बसौ्रदेखि कुपोषणले डल्लिएकी छु
म त्यो घरलाइ मात्र हेरेर
हरसमय मेरो बाच्ने आशालाइ औषधी बनाएर
एक घुटको पानीसंग निल्दै रोकथाम गर्ने गर्छु
किनकी म गरिब हु ।
मेरो छाप्रो पछाडी धेरै राम्रो स्कुल छ
मान्छेहरु भन्छन
धेरै ठूला दार्शनिकहरु उत्पादन गर्छ रे त्यो स्कूलले
मेरा नानीहरु छाप्रैबाट गरिबीका पानाहरु पल्टाउने गर्छन
भोक पढछन, चित्कार सुन्छन र अभाब लेख्छन
गरिबीका लाजहरु पोख्दै हिडन अभ्यस्त म
धेरैपल्ट मरिसकेकी छु बाच्नका लागि
र उभिएकी छु आजपनि विच सडकमा
हात पसारेर एकछाकको लािग
मेरा आखामा कसैका आखा ठोकिएभने
आज मेरा नानीहरु अघाउछन होला
किनकी म गरिब हु ।
मान्छेहरु भन्छन
फाटेको छाप्रोले
पसलको इज्जत घटायो रे
स्कूलको इज्जत घटायो रे
छाप्राको रोगले अस्पतालमाथि धावा बोल्यो रे
यसलाइ हटाउन कोशिस अझै जारी छ
मैले धेरै आशु बगाएर जोगाएको छु मेरो महललाइ
तपाइले कृपया केही भनिदिनुहुन्छ कि ?
