नमस्ते म नम्रता गुरागाईं आचार्य साहित्यमा थोरै लेख्ने र धेरै पढन मन पराउने मान्छे, अलि अलि आफना कोशेलीहरु आफ्नै सेरोफेरो मार्फत तपाइहरुसंग बाडन आएकी छु ।

Friday, January 14, 2011

युदद र हामी

तिमीसंग मेरो कुनै इबि छैन
लामो रिसिबीपनि छैन
युदद मैदानमा भएपछि जागिरको भाषामा
एकैपटक नदेखेपनि
हामी एक अर्काका शत्रु हौं
तिमीले पाए मलाइ सोझयाउंनु पर्छ
मैले पाए तिमीलाइ सोझयाउंनु पर्छ ।

हामी न जन्मजात शत्रु थियौं
न जन्मान्तरका मित्रु नै
आफनै पाइतालाले टेक्न जागिरमा झुण्डिएपछि
मन फरक भएपिन
जागिरकै भाषा बोल्नुपर्ने रहेछ
जागिरकै पाउ मोल्नुपर्ने रहेछ
उपाय नभेटेर उम्किने
जागिरमै अडकीनु पर्ने रहेछं
छोपेर आफना रहरहरु
जागिरमै पडकिनु पर्ने रहेछ ।

तिमी साच्चै राम्री छौ
तिम्रो सुन्दरताको वयान गर्दै
परैबाट चाहनाको फुल फालुकि जस्तो लाग्छ
परैबाट मनको ढोकामा
नयां तुल हालौंकी जस्तो लाग्छ
तर नजिक नहोऔं हामी
आफना रहरलाइ युददसंग साटेपिछ
मैले तिमीलाइ सोझयाउंनु पर्छ
तिमीले मलाइ सोझयाउंनु पर्छ ।

भागा र गुणा नमिलेपिन
जोड र घटाउ मिलेकै छ
भित्र कुरो लुलो भएपिन
बाहिर आदेश ठुलो छ
बांच र बचाउसंग संबन्ध चिसो भएपिछ
मनले नरम र लचकदा कहां पाउदोरहेछ र
कलिलैमा भर्ती भएपछि
हुर्किदा उम्रेको बैंशले कहां माया पाउदोरहेछ र
आंखामा कमब्याटको चस्मा लाएपिछ
बोलीको होइन
पावरफुल गोलीको कुरा ठुलोरहेछ
किनकि हामी युद मैदानमा छौं
आफु मरेर राष्ट्र जोगाउदैछौं ।

मुख

आंखाले धेरै पर देख्न सक्छ
कानले धेरै कुरा सुन्न सक्छ
मन त संसारै बोक्ने जात
तर विचरा मुख
न सुनेका कुरा सबै बताउन सक्छ
न देखेका कुरा शब्दमा सबै अटाउन सक्छ ।

सधै फिल्टर भएर बोलिनु पर्ने
सधै फिल्टर भएर पोखिनु पर्ने
बोलेकै शब्दहरु बिझाउने डरले
नाकी लाएर डोरी तानेको गोरुजस्तो
महला बांधेर बालीमा छोडिएको गाइजस्तो
औपचारिकताको दाम्लो कहिल्यै चुडाउन नसक्ने
पखेटा हालेर उडने मनको कुरा कहिल्यै उडाउन नसक्ने
शब्दहरुको जालमा पसेर
सधैं रुपान्तरीत भएर निस्कनु पर्ने
नियती बोकेर
भन्नुस त हजुर कहिले सम्म बांच्छ होला मुख ?