नमस्ते म नम्रता गुरागाईं आचार्य साहित्यमा थोरै लेख्ने र धेरै पढन मन पराउने मान्छे, अलि अलि आफना कोशेलीहरु आफ्नै सेरोफेरो मार्फत तपाइहरुसंग बाडन आएकी छु ।

Monday, April 4, 2016

बाटो

आफैं लचक्क हुनेगरि हिडनपनि दिएकै छ
आफैलाइ भत्काउनेगरी गुडनपनि दिएकै छ
न कसैलाइ अभर पारेको छ
न कसैको विजोग पारेको छ
रातपनि भन्नुछैन दिनपनि
हिउंदपनि भन्नुछैन वर्षापनि
लाग्छ
हाम्रैलागि बांचिरहेछ बाटो
हाम्रैलागि मरिरहेछ बाटो।


कहिले पानीमूनी लुक्दै कहिले पानीमाथि देखिदै
सबैलाइ खोला तारिरहन्छ उ
समुद्रबाट निकालेर बस्तिसम्म उही पुरयाउछ
पहाड छिचोलेर मैदानसम्म उही पुरयाउछ
सजिलो बाटोमा अघि बढने हामी भाग्यमानीहरु
बाटो बनाइदिने
ति अभागी र असजिला हातहरुलाइ
खै कति सम्झन्छौं होला र
तर ओ... हो... वाटो नभए
कसरी छाम्नुहोला उत्तरको चिसो
कसरी छाम्नुहोला दक्षिणको तातो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home